२१ बैशाख, २०८१ शुक्रबार

06:57:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराएको आरोप

Nepal Business

२९ मंसिर, २०७८

काबुलस्थित पत्रकारहरूसँग बोल्दै बरादरले अफगानिस्तानमा बढ्दै गरेको आर्थिक संकटले यस क्षेत्रसँगै विश्वलाई नै प्रभावित पार्ने बताएका छन् । उनले अमेरिकाले अफगानिस्तानबाट फर्किएपछि आर्थिक संकट उत्पन्न गर्न खोजेको बताए । जुन रकममाथि अमेरिकाले रोक लगायो त्यो अफगानिस्तानको थियो वा घानी ? उक्त रकम सरकारी अधिकारीको नभएर अफगानिस्तानका जनताहरूको हो भनेर अमेरिकालाई विश्वले किन भनिरहेको छैन ? बरादरले भने ।

अमेरिकाले अफगानिस्तानमा आर्थिक संकट उत्पन्न गराएको आरोप


काठमाण्डौं, मंसिर २९
अमेरिकाले अफगानिस्तानको आर्थिक कारोबारमा रोक लगाइएकोमा आपत्ति जनाउँदै तालिबानका नेता तथा अफगानिस्तानका उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बरादरले असन्तुष्टि व्यक्त गरेका छन् । 
अमेरिकाले कारोबारमा रोक लगाएसँगै देशमा आर्थिक संकट बढिरहेको छ तर विश्व मौन रहेकोमा दुःख व्यक्त गरे । काबुलस्थित पत्रकारहरूसँग बोल्दै बरादरले अफगानिस्तानमा बढ्दै गरेको आर्थिक संकटले यस क्षेत्रसँगै विश्वलाई नै प्रभावित पार्ने बताएका छन् । 
उनले अमेरिकाले अफगानिस्तानबाट फर्किएपछि आर्थिक संकट उत्पन्न गर्न खोजेको बताए । जुन रकममाथि अमेरिकाले रोक लगायो त्यो अफगानिस्तानको थियो वा घानी ? उक्त रकम सरकारी अधिकारीको नभएर अफगानिस्तानका जनताहरूको हो भनेर अमेरिकालाई विश्वले किन भनिरहेको छैन ? बरादरले भने ।
अफगानिस्तानमा आर्थिक संकट हरेक दिन बढ्दै गरेको बरादरले बताए । ह्वाइट हाउसका प्रेस सचिव जेन साकीको प्रतिक्रिया आएलगत्तै अफगान नेता बारादरले यस्तो बताएका हुन् ।