८ मंसिर, २०८१ शनिबार

07:01:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्यादी प्रहरीमा भर्ना खुल्यो, एक लाखले जागिर पाउने, कति पाउँछन् तलब ?

१ चैत, २०७८

अन्तिम नतिजा भने यही २२ गते सार्वजनिक हुनेछ

 म्यादी प्रहरीमा भर्ना खुल्यो, एक लाखले जागिर पाउने,  कति पाउँछन् तलब ?

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ

स्थानीय तह निर्वाचन आउन एक महिना बाँकी छँदा सरकारले म्यादी प्रहरीमा  भर्ना खुलाएको छ । एक लाख जनालाई भर्ना गर्नेगरी म्यादी प्रहरीमा  दरखास्त आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

नेपाल प्रहरीको मानवश्रोत एबं प्रशासन विभाग भर्ना छनोट महाशाखाले आज मंगलबार  सूचना जारी गरी भर्नाका लागि दरखास्त आव्हान गरेको हो । 

सार्वजनिक विदा बाहेक यही चैत ६ गतेदेखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने छ । म्हानगरीय प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने जनाइएको छ ।

सार्वजनिक विदा बाहेक यही चैत ६ गतेदेखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने छ । महानगरीय प्रहरी परिसर (काठमाडौँ, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने जनाइएको छ । 

सूचनामा यही दरखास्त दिनेहरुलाई १३ गते सम्पर्क गर्न भनिएको छ  । यही चैत १५ गतेदेखि भने छनोट प्रक्रिया शुरु गरिने जनाइएको छ । अन्तिम नतिजा यही २२ गते सार्वजनिक हुनेछ । चैत २८ गते भने प्रशिक्षण गराइने छ । 

कस्ता​ व्यक्ति योग्य हुन्छन् ?

सूचनामा योग्य हुने व्यक्तिको बारेमा पनि मापदण्ड तोकेको छ । दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पदन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली २०७१ (संसोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने सूचनामा भनिएको छ । 

प्राथमिकतामा कसलाई ?

मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्ण भइ प्रवेशपत्रको प्रतिलिपि पेश गर्ने, पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भइ सन्तोषजनक कार्य गरेकाहरु प्राथमिकतामा पर्नेछन् ।

तलब कति पाउँछन् ?

म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुने र उनीहरुले प्रहरी जवान सरहको जम्मा तलब रु ३० हजार २४० तलब प्राप्त गर्ने छन् । यस्तै खाद्यान्न बापतको एकमुष्ट रु ७ हजार २०० र अन्य पोशाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति रु ६ हजार उपलब्ध हुनेछ ।

्निर्वाचको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी (एक पटकका लागि) रु एक हजार दिइनेछ । बीमालगायतका अन्य सुविधा नेपाल सरकारले तोके अनुसार हुने जनाइएको छ । 

यसअघि विभिन्न मिडियामा म्यादी प्रहरीको भर्ना सम्बन्धी सुचना सार्वजनिक भएको भनी हल्ला चलाइएको थियो । पछि प्रहरीले त्यो सूचना भ्रामक भएको जनाएको थियो । चुनाव यही वैशाख ३० गतेका लागि तोकिएको छ ।