८ मंसिर, २०८१ शनिबार

06:46:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगलागीबाट हुने क्षति रोक्न यस्तो छ प्रहरीको ११ बुँदे टिप्स...

Nepal Business

१ चैत, २०७८

आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल नम्बर १०० र दमकल सेवा १०१ मा जानकारी गराउन अपिल

आगलागीबाट हुने क्षति रोक्न यस्तो छ प्रहरीको ११ बुँदे टिप्स...

नेपाल विजनेस रमाचारदाता,  

काठमाडौँ, 
नेपाल प्रहरीले आगलागी हुन नदिन र भइहालेमा क्षति कम गर्न नागरिकलाई ११ बुँदे सुझाव दिएको छ । 

नागरिकस्तरबाट विशेष सावधानी अपनाउन सके पनि आगलागीका घटना धेरै न्युनिकरण हुने निष्कर्षसहित प्रहरीले सर्वसाधारणको ध्यानाकर्षणका लागि सुझाव प्रस्तुत गरेको हो ।

अहिलेको सुख्खा मौसम (विशेषत चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन) अत्याधिक हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भइ जनधनको ठूलो क्षति हुने गरेको 

अहिलेको सुख्खा मौसम (विशेषत चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन) अत्याधिक हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भइ जनधनको ठूलो क्षति हुने गरेको उल्लेख गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँले आज मंगलबार सावधानीका उपायबारे सार्वजनिक सूचना जारी गरेको हो ।

आगलागीबाट विपदजन्य घटना हुन नदिन र भइ हालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउनु पर्ने आवश्यकता भएर सूचना जारी गरेको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

यस्तो छ प्रहरीको ११ बुँदे सुझाव

प्रहरीले आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिण्डर र चुल्हो बालबालिकाबाट टाढै राखी होसियारीपूर्वक प्रयोग गर्न र काम सकिएपछि सुरक्षितसाथ राख्न, विद्युतजन्य सामाग्रीहरू (हिटर, गिजर, पङ्खा, आइरन, एसी आदि) लाई काम सकिएपछि बन्द गर्न, एउटा पावर सकेटबाट धेरै पावर चाहिने उपकरण प्रयोग नगर्न भनेको छ । 

यस्तै पूजा कोठामा सिन्के र बाटेको धुप, भान्सामा कोइला, लामखुट्टे भगाउन क्वाइल बालेर नछाड्न आग्ह गरिएको छ भने आगलागी वा धुवाँ भएको स्थानबाट बाहिर निस्कँदा घोप्टो परेर अथवा घस्रेर निस्कन अनुरोध गरेको छ । 

ग्यास सिलिण्डरमा आगो लागेमा जुटको बोरा वा ब्ल्याङ्केटले सिलिण्डरलाई घ्वाप्प छोप्न, ग्यास चुल्हो बाल्नु अगाडि भान्साको झ्याल, ढोका खोली ग्यास लिक भए/नभएको यकिन गर्न पनि अनुरोध गरिएको छ ।

यस्तै गाईवस्तु चरणको निम्ति राम्रो हुन्छ भनी वनमा डढेलो नलगाउन, वनमा पिकनिक गर्दा बालेको आगो र खाएको चुरोटको ठुटाहरु पूर्ण रुपमा निभाउन अनुरोध गरिएको छ ।

प्रहरीले आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल नम्बर १०० र दमकल सेवा १०१ मा जानकारी गराउन पनि सार्वजनिक अपिल गरेको छ ।