८ बैशाख, २०८१ शनिबार

09:02:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

Nepal Business

२८ मंसिर, २०७८

दक्षिण अफ्रिकी राष्ट्रपतिलाई कोभिड सङ्क्रमण

२८ मङ्सिर । दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहनुभएको छ । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको  सो कार्यालयले जनाएको छ ।

उहाँले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाउनुभएको थियो । यसकारण उहाँलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उहाँ रहनुभएको बताइएको छ ।हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।

तर उहाँलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् । रासस, सिन्हवा