४ जेठ, २०८१ शुक्रबार

09:40:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

Nepal Business

१ चैत, २०७८

सेलपेको ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ अफर

काठमाण्डौं

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेल पेले नेपाली नयाँ वर्ष ‘२०७९’ को अवसरमा ‘नयाँ वर्ष आयो क्यास ब्याक पायो’ योजना ल्याएको छ । 

यस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर रहेका छन् । जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्ने छन् । 

सेल पे प्रयोगकर्ताहरुले टप–अपमा ६ प्रतिशत क्यासब्याक, फोन पे क्युआर भुक्तानीमा १० प्रतिशत छुट, एयरलाइन्स टिकट खरीदमा एक हजार दुई सयसम्म छुट र बस टिकट खरिदमा १० प्रतिशत छुट पाउनेछन् । 

यो अफर आजदेखि (मंगलबार) लागु भएर नयाँ वर्ष वैशाख २ गतेसम्म लागु हुने छ ।