९ मंसिर, २०८१ आइतबार

02:01:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

त्रिवी केन्द्रीय पुस्तकालयको शिलन्यास, लागत कति ? (भिडियोसहित)

१ चैत, २०७८

कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सैँ घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ ।

त्रिवी केन्द्रीय पुस्तकालयको शिलन्यास, लागत कति ? (भिडियोसहित)

काठमाण्डौं

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ बन्ने अत्याधुनिक भवनको शिलन्यास गरिएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा उक्त भवनको शिलान्यास गर्नु भएको हो । 

वि.सं २०७२ सालको विनासकारी भुकम्पले पुस्तकालय क्षतिग्रस्त भएको थियो । सोही पुस्तकालयको भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । 

कूल ३६ करोड ११ लाख ६६ हजारमा निर्माण हुन लागेको उक्त भवनमा पाठक तथा अनुसन्धानकर्ताका लागि २४ सैँ घण्टा बसेर अध्ययन गर्न सक्ने व्यवस्थाका साथै इ–लाइब्रेरी सुविधाका लागि छुट्टै कम्प्युटर ल्याब, सेमिनार वर्कसपका लागि हल, प्रर्दशनी कक्ष आदिको व्यवस्था रहने बताइएको छ । 

शिलान्यास कार्यक्रममा शिक्षामन्त्री पौडेलले दक्ष र गुणस्तरीय जनशक्ति निर्माण गरी मुलुकको समृद्धि र विकासको नेतृत्व गर्नुपर्ने बताउनुभयो।

देशको शैक्षिक विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराउँदै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।

त्रिविको गुणस्तर सुधार गरी उत्कृष्टताको केन्द्रको रुपमा विकसित गर्न मन्त्रालय सबै प्रकारका सहयोग उपलब्ध गराउने उहाँले प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले नेपाल भारत सम्बन्धलाई थप विश्वसनीय, दिगो र मजबुत बनाउन यस सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

विश्वविद्यालय परिसरमा रहेको गान्धी भवन, जाकिर हुसेन उद्यान र त्रिवि केन्द्रीय पुस्तकालय निर्माणमा भारतले सहयोग गर्न पाएकोमा भारतीय दूतावास हर्षित भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालयको विकासका लागि भारत सरकारले लामो समयदेखि सहयोग उपलब्ध  गराउँदै आएको जानकारी दिनुभयो । पुस्तकालय भवन १५ महिनाभित्र निर्माण सक्ने योजना गरेको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयले गुणस्तर सुधारका लागि अधिकतम प्रयत्न गरिरहेको उल्लेख गर्दै एक्जिम बैंकको सहयोगमा त्रिविका ३८ वटा आंगिक क्याम्पसको भौतिक पूर्वाधारलाई थप व्यवस्थित र सृदृढ बनाउनेसमेत उहाँले जानकारी गराउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आन्तरिक योजना कार्यान्वयन एकाइ योजना प्रमुख रामशरण सापकोटाले भारत सरकारको सहयोगमा २०७२ सालको भूकम्पपश्चात् ७० वटा विद्यालय निर्माणमा आर्थिक सहयोग प्राप्त भएको र अन्तिम कार्यक्रमको रुपमा त्रिवि केन्द्रीय पुस्तकालयको शिलान्यास गरिएको उल्लेख गर्नुभएको थियो ।

पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयलाई प्रविधिमैत्री र अत्याधुनिक बनाई घरमै बसेर विश्वविद्यालयमा उपलब्ध पुस्तक पढ्न सक्ने वातावरण बनाउने बताउनुभयो  ।

उहाँले अन्तर्राष्ट्रियस्तरको पुस्तकालयले मुलुकको शैक्षिक स्तरोन्नतिमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्नुहुँदै २४ सैँ घण्टा सेवा दिन त्रिवि केन्द्रीय पुस्तकालय तयार रहेको समेत बताउनुभयो ।