४ जेठ, २०८१ शुक्रबार

07:35:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्य

१ चैत, २०७८

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्य

काठमाण्डौं

चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गर्नु भएको छ ।

उहाँ होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुनुहुन्छ । 

दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो ।

हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाहले थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गर्नुभएको छ ।