४ जेठ, २०८१ शुक्रबार

12:20:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फ्यान्टाको ‘कलरफुलहामी’ क्याम्पेन हुँदै

१ चैत, २०७८

फ्यान्टाको ‘कलरफुलहामी’ क्याम्पेन हुँदै

काठमाण्डौं

फ्यान्टाले यो वर्ष ‘कलरफुलहामी’को आयोजना गर्ने भएको छ । कम्पनीले फागु पूर्णिमा अर्थात होलीका अवसरमा ‘कलरफुलहामी’ आयोजना गर्न लागेको हो । 

होली उत्सवको एउटा हिस्साको रुपमा फ्यान्टाले केटिएम लाइभसँग सहकार्य गर्दै “नेपाल टुर कलर मानिया’ गर्दै छ । जुन काठमाडौँ, पोखरा, इटहरी, धरान, हेटौँडा, बुटवल र नारायणघाट लगायत नेपालका प्रमुख सहरहरुमा १३ वटा कार्यक्रम गरी

मनाइने कम्पनीले विज्ञप्ती मार्फत जानकारी दिएको हो । यी कार्यक्रमहरुमा रमाइला र सहभागितामुलक गतिविधीहरु राख्दै कम्पनीले आफ्ना उपभोक्ताहरुसँग अझै गहिरो सम्बन्ध बनाउने लक्ष्य राखेको छ । 

साथै फ्यान्टाले ‘कलरफुलहामी’ थिमको इन्स्टाग्राम फिल्टर पनि ल्याउँदै छ । यी विज्ञापनहरु भिडियो, सिनेमा, इन्फ्लुएन्सरहरु र सामाजिक सन्जाल सहितको फ्यान्टाको मार्केटिङ क्याम्पेनको एउटा हिस्सा हुन् ।

यो पहिलाको भन्दा धेरै रमाइलो र रंगीन हुनेछ । यो अभियानले मुख्य गरी मानिसहरुको रंगीनतालाई उजागर गर्न खोजेको छ । जुनसुकै उमेर, लिंग, पेशा भएपनि हरेक मानिसहरु आफ्नो भित्री रंगलाई विभिन्न माध्यमबाट उजागर गरिरहेका हुन्छन् ।

मानिसहरुको यस्तै आफ्नै रंग र चुलबुलेपनलाई यो क्याम्पेनले सेलेब्रेट गर्न खोजेको कम्पनीले जनाएको छ । यो क्याम्पेनमा २ वटा नयाँँ टेलिभिजन विज्ञापनहरु छन् .

जसले मस्तीका रंगहरुसँग जीवनको आनन्दलाई अंगाल्दै मुस्कान फैलाउन चाहने र आफ्नो रंगिन पक्ष देखाउन चाहने स्ट्रिट पर्फर्मर, टिकटकरहरु र बाइक स्टन्टर्सहरू मार्फत चुलबुलेपनलाई देखाउन खोजिएको छ ।