४ जेठ, २०८१ शुक्रबार

08:42:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पहिलो पटक बोनस सेयर पारित गर्न टेलिकमले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

१ चैत, २०७८

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

पहिलो पटक बोनस सेयर  पारित गर्न टेलिकमले बोलायो  साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं
नेपाल टेलिकम लिमिटेडले पहिलो पटक बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीले पहिलो पटक बोनस सेयर प्रस्ताव सहित आफ्नो १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा चैत्र २४ गते त्रिभुवन आर्मि अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजदेखिे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।  

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७८।७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गनलगायतको प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार १० चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।