२ मंसिर, २०८१ आइतबार
12:34:47 AM
३० फागुन, २०७८
काठमाडौं
नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेस गरेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन १६ गते आवेदन दिएको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने लागेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । उक्त ऋणपत्रमा लगानीकर्ताले ९.२५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ । ऋणपत्रको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।