८ मंसिर, २०८१ शनिबार
05:45:03 AM
३० फागुन, २०७८
चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान क्षेत्रमा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाइकल चोरी
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
सङ्घीय राजधानी, त्यसमाथि उच्च सुरक्षा सतर्कता भएको ठाउँ हो काठमाडौँ उपत्यका । यही ठाउँमा मोटरसाइकल चोरीका घटना दैनिकजसो भइरहेको छ ।
यसरी चोरिएका मोटरसाइकमध्ये प्रहरीले न्युन मात्रै बरामद गर्न सफल भएको छ । चोरीमा संलग्न व्यक्ति पक्राउ पर्ने अनुपात भने अझै कम छ ।
यसरी चोरिएका मोटरसाइकमध्ये प्रहरीले न्युन मात्रै बरामद गर्न सफल भएको छ । चोरीमा संलग्न व्यक्ति पक्राउ पर्ने अनुपात भने अझै कम छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको विवरणअनुसार पछिल्लो दुई महिनामा मात्रै उपत्यकाबाट २५६ मोटरसाइकल हराएको छ । त्यसमध्ये जम्मा ८८ वटा मोटरसाइकल मात्रै फेला पारी धनीलाई जिम्मा लगाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरक्षिक उमेशराज जोशी बताउनुहुन्छ ।
सोही क्रममा आज सोमबार महाशाखाले यसरी फेला परेका स्कुटरसहित २१ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । यो करिब एक महिना अवधिमा खोज तथा अनुसन्धानका क्रममा बरामद मोटरसाइकल हो ।
हमाशाखा प्रमुख जोशी भन्नुहुन्छ, ‘सवारी साधनमा डिस्क लक, ह्विल लक, सेक्युरिटी साइरन प्रयोग गर्नुपर्छ’, प्रविधि जडान गरेको छ भने चोरी गर्न समय लाग्ने हुँदा पक्राउ पर्ने सम्भावना बढी हुन्छ ।
सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गर्न वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाइनमार्फत निवेदन दिन ट्राफिक महाशाखाले सार्वजनिक अनुरोध गरेको छ ।
किन चोरिन्छ मोटरसाइकल ?
मान्छेले लाखौँ रुपियाँ खर्च गरेर मोटरसाइकल किन्छन् । त्यसको सुरक्षाका विषयमा त्यत्ति नै संवेदनशील बन्न पनि जरुरी छ । प्रहरीका अनुसार कतिपय अबस्थामा बाइकधनी कै लापरबाही पनि देखिन्छ ।
ट्राफिक प्रहरीका अनुसार सवारी चालकको लापरबाही, सवारीमा लकको व्यवस्था नगर्नु, सुनसान क्षेत्रमा पार्किङ गर्नु, सवारीसाधनको डिस्क तथा ह्विल लक नगर्नु, सिसिटिभी क्यामेरा नहुनुलगायतका कारण मोटरसाइकल चोरी बढेको हो ।
महाशाखाले पछिल्लो समयमा नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान चलाएको जनाएको छ ।