१ जेठ, २०८१ मंगलबार

04:31:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एभरेष्ट कलेजमामा ’हल्ट प्राइज अन क्याम्पस’ कार्यक्रम सम्पन्न, युन विजेतालाई १ मिलियन डलर

Nepal Business

३० फागुन, २०७८

कार्यक्रममा ११ वटा समूहमा ३५ जना विद्यार्थी सहभागी रहेको कलेजले जनाएको छ ।

एभरेष्ट कलेजमामा ’हल्ट प्राइज अन क्याम्पस’ कार्यक्रम सम्पन्न, युन विजेतालाई १ मिलियन डलर

काठमाडौं । 

काठमाडौंको थापाथलीमा रहेको एभरेष्ट कलेजमा ’हल्ट प्राइज अन क्याम्पस’ कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट कलेजको बिबिए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको कार्यक्रममा ११ वटा समूहमा ३५ जना विद्यार्थी सहभागी रहेको कलेजले जनाएको छ । 

हल्ट फाउनडेसनले हरेक वर्ष समाजका वर्तमान मुद्दालाई विषयवस्तु बनाएर अलग–अलग शीर्षकमा विद्यार्थीहरुलाई सहभागि गराई कार्यक्रम गर्दै आएको छ ।  यो बर्ष कोभिडको असरलाई लिएर ’ब्रिंगिङ वर्ल्ड ब्याक टु द वर्क’ शीर्षकमा विद्यार्थीहरुले आ–आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा टिम डाइलो प्रथम, टिम अल स्टार्स दोस्रो र टिम होनोर तृतीय भएका छन् ।

अहिलेसम्म विश्वभरका २५ हजार विश्वविद्यालयले यस कार्यक्रम आयोजना गरिसकेको कलेजले जनाएको छ । सन् २०१० देखि आयोजना हुँदै आएको छ । कार्यक्रम क्याम्पसका डाइरेक्टर जान्वी जैसीको अध्यक्षता र सिइओ एंव युवा उद्यमी विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

हल्ट फाउन्डेसनले दिने शीर्षक अन्तर्गत रहेर विद्यार्थीले अन क्याम्पस, रिजिनल र फाइनल कार्यक्रम सञ्चालन गर्दै आएका छन् । विभिन्न समूहमा रहेर सहभागी भइ विजयी विद्यार्थीहरुले अन्तिममा युनको मुख्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पाउनेछन् । कलेज, क्षेत्र हुँदै युनको मुख्यालयमा सम्पन्न हुने कार्यक्रमका १ जना विजेताले १ मिलियन डलर (१० लाख डलर) पुरस्कार पाउने कलेजले जनाएको छ । 

अहिलेसम्म विश्वभरका २५ हजार विश्वविद्यालयले यस कार्यक्रम आयोजना गरिसकेको कलेजले जनाएको छ । सन् २०१० देखि आयोजना हुँदै आएको छ । कार्यक्रम क्याम्पसका डाइरेक्टर जान्वी जैसीको अध्यक्षता र सिइओ एंव युवा उद्यमी विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । 

यसैगरी डिपुटी क्याम्पस डाइरेक्टर सुप्रिया कार्कीको सुपरिवेक्षणमा, निस्ता सुनुवार, अलिसा पराजुली, निरज भण्डारी, सुनैना अधिकारी, सुजना खनिया, निमेष थापा र सबनम न्यौपानेले संयोजन गरी विभिन्न कार्यक्रम गर्नुभएको थियो । 
कार्यक्रमका प्रमुख अतिथि विष्णुहरि पाण्डेले सफलताको शुभकामना दिँदै यस्ता कार्यक्रमको आयोजनाले विद्यार्थीमा क्षमताको अभिवृद्धि हुने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुको आत्मविश्वास विकास गराउन र  उद्यमशीलतातर्फ उन्मुख बन्न यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा विराज श्रेष्ठले उद्यमशिलता र स्वरोजगारका लागि विद्यार्थीलाई स्कुल कलेजतहबाटै विभिन्न रचनात्मक कार्यमा लगाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कल्याणविक्रम आचार्य, प्रकृति मैनाली, सबिल खान र निशा टौजा निर्णायक रहनुभएको थियो ।

कार्यक्रमका सहभागिहरुले यस्ता रचनात्मक र सृजनशिल कार्यक्रमहरूले विद्यार्थीलाई उद्यमी बन्न प्रोत्साहन दिने र व्यावसायिक क्षेत्रतर्फ अग्रसर हुन प्रेरित गर्ने कलेजको विश्वास रहेको छ ।