२ मंसिर, २०८१ आइतबार

12:37:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच सम्झौता

३० फागुन, २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान

ग्लोबल आइएमई बैंक र ग्यास बिक्रेता महासंघबीच सम्झौता

काठमाडौं
ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास बिक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।
 
उक्त सम्झौता पत्रमा आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गर्नुभएको हो ।  महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास बिक्रेताहरु सिधै लाभान्वित हुने विश्वस्त व्यक्त गर्नुभयो ।

हाल ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।