७ मंसिर, २०८१ शुक्रबार

01:28:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एकैदिन ८ अर्ब निक्षेप संकलन, सीडी रेसियो ९०.४७ प्रतिशत

Nepal Business

३० फागुन, २०७८

बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

एकैदिन ८ अर्ब निक्षेप संकलन, सीडी रेसियो ९०.४७ प्रतिशत

काठमाण्डौं

बैंकिङ प्रणालीमा एकैदिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन २७ गते एकैदिन बैंकिङ प्रणालीमा ८ अर्ब निक्षेप थपिएको हो । यसरी निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । गत फागुन २६ गतेसम्म कुल निक्षेप ४८ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो ।

फागुन २७ मा मात्रै वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । गत फागुन २६ गते कुल निक्षेप ४३ खर्ब १८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४३ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । फागुन २७ मा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी स्थिर रहँदै ४६ खर्ब ९३ अर्ब रुपैयाँ नै रहेको छ । गत फागुन २६ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि स्थिर रहँदै फागुन २७ मा ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । गत फागुन २६ गते पनि कुल कर्जा लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँ नै थियो ।

फागुन २७ मा बैंकहरुको औसत सीडी रेसियोमा सामान्य सुधार भएर ९०.४७ प्रतिशत कायम भएको छ । गत फागुन २६ सम्म बैंकहरुको औसत सीडी रेसियो ९०.५४ प्रतिशत थियो । अन्तरबैंक ब्याजदर ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।