२ मंसिर, २०८१ आइतबार
02:14:50 AM
३० फागुन, २०७८
हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना शेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता सेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धकले जनाएको छ ।
काठमाडौं
नारायणी डेभलपमेन्ट बैंकले सेयरधनीहरुका लागि निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । फागुन २६ गते उक्त सेयर बाँडफाँड भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना सेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता सेयर बाँडफाँड गरिएको बिक्रि प्रबन्धकले जनाएको छ ।
बैंकले पुस ७ गतेदेखि १ः१ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।