४ जेठ, २०८१ शुक्रबार

11:49:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नव धवलागिरी सहकारीको न्यूरोडमा सेवा केन्द्र सञ्चालन

२८ मंसिर, २०७८

कारोबारको विधिवत शुभारम्भ प्रमुख अतिथि तथा काठमाण्डौं नगरपालिका वडा नं २२ का वडाअध्यक्ष चिनीकाजी महर्जनले गर्नु भयो ।

नव धवलागिरी सहकारीको न्यूरोडमा सेवा केन्द्र सञ्चालन

काठमाण्डौं,मंसिर २८
नव धवलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य सेवा केन्द्रको रुपमा मंगलबार देखी काठमाण्डौको न्यूरोडबाट पनि कारोबार शुरु गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २६ सामाखुशीमा प्रधान कार्यलय रहेको सहकारी संस्थाले न्यूरोडको फसिकेवमा आफ्नो सेवा प्रवाहलाई विस्तारगर्दै नयाँ कार्यालयको उद्घाटन तथा विधिवत कारोबार शुरु गरेको हो । 

कारोबारको विधिवत शुभारम्भ प्रमुख अतिथि काठमाण्डौं नगरपालिका वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले सहकारी संघ संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक र सचेतना वृद्धि गर्ने कार्यमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उँहाले अर्थतन्त्रको एक खम्बाका रुपमा रहेको सहकारीलाई स्वच्छ, व्यवस्थित र सदस्य केन्द्रीत गर्दै जानुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष महर्जनले सहकारीको संख्यात्मक विकाससंगै गुणात्मक विकास अहिलेको आवश्यकता रहेको समेत बताउनुभयो । 

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उद्योग समिति संयोजक भिमलाल पौडेलले अर्थतन्त्र सुधारका लागि सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उँहाले राष्ट्रिय अर्थतन्त्रमा सहकारीले खेलेको भूमिकालाई राज्यले नजरअन्दाज गर्न नहुने बताउनुभयो । सहकारीलाई परिवर्तीत समयसंगै प्रविधिमा आधारीत बनाउँदै सातैवटा सिद्धान्तको अधिनमा रहेर सदस्य केन्द्रीत काममा अगाडि बढाउनुपर्नेमा उँहाले जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष धुव्र ज्ञवालीले सदस्यहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले न्यूरोडबाट कारोबार सुरु गरेको बताउनुभयो । न्यूरोड सेवाकेन्द्र सञ्चालनमा आएसंगै सदस्यहरुलाई कारोबारका लागि सहज हुने भन्दै उँहाले सहकारीले सहकारीका मूल्य मान्यतालाई आत्मसाथ गर्दै सदस्यहरुको जीवन रुपान्तरणमा काम गर्दै जाने बताउनुभयो । आगामी दिनमा सहकारीले सदस्य केन्द्रीत विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै जाने भन्दै उँहाले यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो ।  

यसैगरी कार्यक्रममा राष्ट्रिय व्यापार संघ फसिकेवका पूर्व अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले आर्थिक रुपान्तरणका लागि सहकारी अपरिहार्य रहेको बताउनुभयो । उँहाले आर्थिक उन्नती प्रगतिका लागि सहकार्य आवश्यक भएजस्तै सहकारी एकका लागि सबै र सबैका लागि एकको सिद्धान्तमा आधारीत रहेर सञ्चालन हुने भएका कारण सहकारी अभियानलाई सरकारले तिन खम्बे अर्थतन्त्रको एक खम्बाका रुपमा स्वीकार गरेको बताउनुभयो । आर्थिक संगसंगै सहकारी सामाजिक र रचनात्मक कार्यमा पनि जोड दिनुपर्ने पण्डितको भनाई थियो ।  आव २०६३/०६४ मा स्थापना भएको नब धवलागिरी सहकारी संस्थाले व्यापारिक केन्द्र न्यूरोडमा आधिकारिक सेवा केन्द्र मार्फत कारोबार शुरु गरेको छ । कार्यक्रममा राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्षहरु रमेशचन्द्र बादे श्रेष्ठ, युवराज न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।