२ मंसिर, २०८१ आइतबार

02:13:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो व्याजदर

३० फागुन, २०७८

मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो व्याजदर

काठमाडौं
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । मुद्दति निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ ।

ब्याजको आधारदर ६.१४ प्रतिशत कायम रहेको बैंकले सार्वजनिक गरेको सुचनामा उल्लेख छ ।