७ मंसिर, २०८१ शुक्रबार
01:17:54 PM
३० फागुन, २०७८
बैंकले चैत १ गतेदेखि लागुहुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
काठमाडौं
नेपाल बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागुहुने गरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बचत खातामा बैंकले न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिनेछ । त्यस्तै, मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक गरेको व्याजदर अनुसार बैंकको आधार दर ६.९२ प्रतिशत रहेको छ ।