७ मंसिर, २०८१ शुक्रबार
01:34:40 AM
२९ फागुन, २०७८
आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्ना सेयधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
फागुन २९ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश कम्पनीले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।