१० मंसिर, २०८१ सोमबार
03:50:30 PM
२९ फागुन, २०७८
बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।
काठमाडौं
एनआईसी एशिया बैंक लिमिटेड र पाँचतारे होटेल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियर बीच छुट दिने समझदारी भएको छ । बैंक र सोल्टी इन्टरप्राइजेज बीच एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थितसोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुने समझदारी भएको हो ।
उक्त समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गर्नुभएको छ । पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त उपरोक्त दुई होटलबाट विभिन्न सेवा लिई एइक् तथा त्तच् भुक्तानी गर्दा १० प्रतिशतको आकर्षक छुटको व्यवस्था गरेको हो ।