२ मंसिर, २०८१ आइतबार
03:09:47 AM
२९ फागुन, २०७८
आइतबार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिल बैंकको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।
काठमाडौं
नबिल बैंकले एकसाथ ४ नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा एकसाथ ४ नयाँ शाखाको काठमाडौं उपत्यकामा एकसाथ उद्घाटन गरेको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारर्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रुपमा जरंखु शाखा, बैंक सञ्चालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका वडा नं. १० शंखमूलका कार्यवाहक वडा अध्यक्ष रोहिनी श्रेष्ठले संयुक्त रुपमा शंखमूल शाखा, बैंक सञ्चालक आशा राणा अधिकारी र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संयुक्त रुपमा ठैब शाखा तथा बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा गोंगबु जालपा शाखाको उद्घान गर्नुभएको हो ।
बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसाथ ४ नयाँ शाखा उद्घाटन गरिएको छ । बैंकले ४ नयाँ शाखाहरु एकै समयमा उद्घाटन गर्ने कार्यक्रम बनाएको थियो ।
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्नेछ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
आइतबार उद्घाटन भएका ४ नयाँ शाखासँगै नबिल बैंकको शाखा कार्यालय १४१ पुगेको छ । बैंकले १८७ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ ।