२० बैशाख, २०८१ बिहिबार

10:46:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफगानिस्तानको काबुलमा विष्फोट

Nepal Business

२८ मंसिर, २०७८

अफगानिस्तानको काबुलमा विष्फोट

अफगानिस्तान, २८ मंसिर । अफगानिस्तानको काबुलमा आज भएको विष्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ।


काबुल शहरको प्रहरी जिल्ला ८ मा आज विष्फोट भएको हो।  शुक्रबार काबुलको दश्त(ए(बार्च क्षेत्रमा एउटा मिनी(बसलाई लक्षित गरी भएको बम आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको थियो  भने अन्य तीन जना घाइते भएका थिए।
इस्लामिक स्टेटले शुक्रबार भएको विष्फोटको जिम्मेवारी लिएको छ । रासस