२ मंसिर, २०८१ आइतबार
03:05:24 AM
२९ फागुन, २०७८
फाइनान्स कम्पनीले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
काठमाडौं
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको हो । फाइनान्स कम्पनीले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पुस ११ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पुस ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले सो हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु साथै मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ ।