२ मंसिर, २०८१ आइतबार

03:33:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नविल बैँकले थाल्यो साना ऋणिलाई उद्यमी बनाउने कार्यक्रम, प्रदेश १ बाट ४० सहभागि

२८ फागुन, २०७८

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह भन्नुहुन्छ, 'यसको साँच्चै अर्थ हो, हामी निरन्तर सँगै अगाडि बढ्नेछौं र हाम्रा मूल्यवान ग्राहकहरूसँग सधैं सँगै हुनेछौं ।'

नविल बैँकले थाल्यो साना ऋणिलाई उद्यमी बनाउने कार्यक्रम, प्रदेश १ बाट ४० सहभागि

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,

बैंकिङ सेवाको अग्रणि मध्यमा पर्ने नविल बैँकले साना तथा मझौला ऋणिलाई उद्यमी बनाउन क्षमता अभिवृद्धि कार्यक्रम शुरु गरेको छ । उसले प्रदेश नं १ बाट व्यवसायिक क्षमता विकास कार्यक्रमको थालनी गरेको हो ।

नविल बैँकले यसलाई नेपाली बैंकिङ उद्योगमा एकदमै नयाँ पहलको रुपमा लिएको छ

नविल बैँकले यसलाई नेपाली बैंकिङ उद्योगमा एकदमै नयाँ पहलको रुपमा लिएको छ ।

'यस औपचारिक तालिम कार्यक्रममार्फत विद्यमान साना तथा मझौला ऋण ग्राहकहरूको क्षमता र उद्यमशीलताको सीप वृद्धि भइ नेपाली उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने लक्ष्य राखेका छौं', बैँकले भनेको छ ।

तालिम कार्यक्रमको सहजिकरणका लागि उद्यमशीलता विकास विज्ञ सुमन शाक्यलाई सहभागि गराइएको छ ।

इटहरीमा शुक्रबार सञ्चालन भएको उक्त कार्यक्रममा ४० भन्दा बढी साना तथा मझौला कर्जा ग्राहकहरुको सहभागिता छ ।

सहभागीहरुका अनुसार यस कार्यक्रमले क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदान गर्न सहयोग मिल्ने छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह भन्नुहुन्छ, 'यसको साँच्चै अर्थ हो, हामी निरन्तर सँगै अगाडि बढ्नेछौं र हाम्रा मूल्यवान ग्राहकहरूसँग सधैं सँगै हुनेछौं ।'