२ मंसिर, २०८१ आइतबार

03:26:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता जरुरी : वरिष्ठ उपाध्यक्ष ढकाल

Nepal Business

२८ फागुन, २०७८

उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशन

समृद्धिको यात्रामा सबैको ऐक्यबद्धता जरुरी : वरिष्ठ उपाध्यक्ष ढकाल

चितवन, 
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक समृद्धिसँग जोडिने विषयमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ । 

व्यवसायी, राजनीतिक दल र सरकार एकमत भएमा आर्थिक समृद्धि हुने, अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ

उद्योग वाणिज्य सङ्घ चितवनको ५५औँ वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबार उद्घाटन गर्दै उपाध्यक्ष ढकालले व्यवसायी, राजनीतिक दल र सरकार एकमत भएमा आर्थिक समृद्धि हुने बताउनुभयो ।

सबैको सहकार्यमा संसारको सबैभन्दा राम्रो पर्यटकीयस्थलका रूपमा चितवनलाई स्थापित गराउन सकिने सम्भावना रहेको समेत ढकालले बताउनुभयो ।

“यहाँका सम्भावित सबै प्रकारका उद्योगमा मेरो व्यक्तिगत, नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत तथा म अध्यक्ष रहेको बैंकको तर्फबाट जोडिन तयार छु”, ढकालले भन्नुभयो, “अहिलेको विषम परिस्थितिबाट माथि उठ्नका लागि सबैको साथ र सहयोग आवश्यक छ ।” कोभिड–१९ को सङ्क्रमण तथा दुई देशको युद्धका कारण सबै क्षेत्रमा मूल्यवृद्धि भइरहेको ढकालको भनाइ छ ।

“आगामी दिन अझ कठिन हुन सक्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ”, ढकालले भन्नुभयो, “यो अवस्थाबाट पार हुन सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”