२० बैशाख, २०८१ बिहिबार

11:40:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफगानिस्तानमा भएका गैर–न्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त

Nepal Business

२८ मंसिर, २०७८

अफगानिस्तानमा भएका गैर–न्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त

अफगानिस्तान, मंसिर २८ ..अफगानिस्तानमा तालिबानले अगस्तमा सत्ता लिएदेखि १०० भन्दा बढी गैर–न्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको बिषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल–नासिफले बताउनुभयो । 

उहाँले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भन्नुभयो, “अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ । 

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उहाँले बताउनुभयो । 

“थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटील भएको देखिन्छ, ”उहाँले भन्नुभयो । 

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल–नशिफले भन्नुभयो, “जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ । रासस