२ मंसिर, २०८१ आइतबार

03:34:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भाडाबापत एक करोड ४४ लाख तिरेनन् पाण्डेले, दिएको १ करोड आठ लाखको चेक पनि नसाटिने परेपछि ...

२८ फागुन, २०७८

 भाडाबापत एक करोड ४४ लाख तिरेनन् पाण्डेले, दिएको १ करोड आठ लाखको चेक पनि नसाटिने परेपछि ...

नेपाल विजनेस समाचारदाता,

काठमाडौँ,
एक व्यक्तिले गाडीभाडाबापट तिनुपर्ने रकम मध्ये एक करोड ८ लाखको पसा नभएको बैँकको चेक दिएपछि उनी कानूनी कारवाहीमा तानिएका छन् ।


उनले गाडी भाडाबापद रु एक करोड ४४ लाख १७ हजार दिनुपर्न थियो तर नसाटिने चेकमा एक करोड ८ लाखको भुक्तानी दिएपछि कानुनले छाडेन

दाङको तुलसीपुर उप–महानगरपालिका–८ बस्ने ३० वर्षीय अनुप पाण्डेलाई शनिबार काठमाडौँको काँडाघारीबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले पक्राउ गरेको हो ।
उनले भाराबापद रु एक करोड ४४ लाख १७ हजार दिनुपर्न थियो तर नसाटिने चेकमा एक करोड ८ लाख रकम उल्लेख गरी दिएपछि कारवाहीमा तानिएका हुन् ।
उक्त मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरबाट यही फागुन २५ मा पक्राउ पूर्जी जारी भएको थियो ।

इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले सानिमा बैँकको खातामा रकम नभएको जानेरै जाहेरवाला गेहेन्द्र बस्नेतलाई  सवारी साधनको भाडा बापतको रकम मध्ये रु एक करोड ८ लाख ५७ हजारको चेक दिएका थिए । तर त्यो चेक नसाटिएपछि जाहेरी परेको थियो ।
थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई दाङ पठाइने व्यूरोले जनाइएको छ ।