२ मंसिर, २०८१ आइतबार
03:11:31 AM
२७ फागुन, २०७८
काठमाडौं
सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई–बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नेछन्।
सो सम्झौतापत्रमा स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख बिक्रम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । हालसम्म सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालन गरेको छ ।