२ मंसिर, २०८१ आइतबार

03:06:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

२७ फागुन, २०७८

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।

एनआईसी एशिया बैंकले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं
एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फागुन २६ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकले २४ औं वार्षिक साधारण सभा चैत्र २० गते बोलाएको हो । बैंकको उक्त वार्षिक साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालक चयन गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने, साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ ।

बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन् ।