२ मंसिर, २०८१ आइतबार

03:23:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुपारी, केराउ र मरिचको आयात खुला, उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनका लागि मात्रै ल्याउन पाइने

२७ फागुन, २०७८

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ, 
सरकारले सुपारी, केराउ र मरिचको आयत खुला गरेको छ । तर औद्योयिक प्रयोजनका लागि मात्रै आयात गर्न पाइने छ । 

उक्त वस्तु आयात खुला गराउन एउटा गिरोह नै सक्रिय थियो । उनीहरुको योजना खुला भएसँगै सफल भएको छ ।

बन्देज लगाएको दुई वर्षपछि आयात खुला गरिएको हो । निकासी पैठारी (नियन्त्रण ) ऐन २०१३ को व्यवस्था अनुसार विसं २०७६ चैत २४ गते सरकारले ति वस्तु आयोतमा रोक लगाएको थियो । 

तर सोही ऐनको दफा २ ले दिएको अधिकार प्रयोग गरी केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आयात गर्न सक्ने  व्यवस्था गरिएको छ । 

चालु आर्थिक वर्षका लागि आयात गर्न दिने गरी नेपाल सरकारले निर्णय गरेको जनाइएको छ । उक्त वस्तु आयात खुला गराउन एउटा गिरोह नै सक्रिय थियो । उनीहरुको योजना खुला भएसँगै सफल भएको छ ।

यस विषयमा बनेको कार्यविधि अहिलेसम्म गोप्य राखिएको छ । त्यसमा भारतमा भने निकासी गर्न नपाउने उल्लेख भएको बुझिएको छ ।