४ जेठ, २०८१ शुक्रबार

11:40:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लोभ देखाएर ठगी गर्ने प्रवृत्ति बढ्यो, गृहद्धारा सचेत हुन र त्यस्ता सूचना उपलब्ध गराउन बूँदा तोकेरै आव्हान

२६ फागुन, २०७८

लोभ देखाएर ठगी गर्ने प्रवृत्ति बढ्यो, गृहद्धारा सचेत हुन र त्यस्ता सूचना उपलब्ध गराउन बूँदा तोकेरै आव्हान

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ, 
सरकारले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समुहले अबसर र लाभ उपलब्ध गराउने  बहानामा लोभ देखाएर ठगी गर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको छ ।

गृहमन्त्रालयले त्यस्ता क्रियाकलाप गैरकानूनी भएकाले ठगीबाट जोगिन आम सर्बसाधारणमा अपिल गरेको छ । प्रहरीले पछिल्लो समयमा यस्ता ठगीका घटना बग्रेल्ती फेला पारेको छ । 

हालैमात्र जब सेन्टरको नाममा वेरोजगार युवालाई ठगी गरेको फेला परेपछि अपराध महाशाखाले विभिन्न क्षेत्रका जब सेन्टर सञ्चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

मन्त्रालयले त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समुह, आफन्त, साथीभाईलाई अवैध कार्यमा संलग्न नहुनका लागि सचेत गराउन भनेको छ 

अन्य विभिन्न प्रवृत्तिका ठगी बढेपछि मन्त्रालय विहिबार विज्ञप्ति नै जारी गर्न पुगेको छ । मन्त्रालयले त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समुह, आफन्त, साथीभाईलाई अवैध कार्यमा संलग्न नहुनका लागि सचेत गराउन भनेको छ । 

‘त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाइमा जानकारी गराउन सर्वसाधारण्मा अनुरोध छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

 गैरकानूनी कार्य गरेको पाइएमा कानुन बजोजिम कारवाही हुनेतर्फ पनि सचेत गराइएको छ । मन्त्रालयले बुँदागत रुपमै हाल भइरहेका गतिविधि उल्लेख गरी सर्बसाधारणलाई ध्यानाकर्षण गराएको छ। 

मौलाउँदै यस्ता गैरकानूनी गतिविधि 

रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरुवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आस्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउनेप्रति पनि सचेत हुन भनिएको छ ।

उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने क्रियाकलाप्रति पनि ध्यानाकर्षण गराइएको छ ।  

डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दामामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने, ठेक्कापट्टा वा अन्य व्यवसायिक अवसर दिलाउने भनी लोभ देखाउनेहरु प्रति पनि सचेत हुन र सूचना भए उपलब्ध गराउन आग्रह गरेको छ ।

यस्तै कम रकमको कारोबारमा बढी रकमको कागज बनाइ सही गर्न लगाउने, ढुकुटी खेल्ने÷खेलाउने, अनलाइनमार्फत अबैध रुपमा गतिविधि गर्ने, मिटर व्याजमा रकम उपलब्ध गराउने, बंैकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने क्रियाकलाप भएमा पनि सूचना दिन आग्रह गरिएको छ ।