२ मंसिर, २०८१ आइतबार
05:29:32 AM
२६ फागुन, २०७८
काठमाडौं
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको हो । छनोट समितिको बुधबार बसेको बैठकले प्राप्त दरखास्त मध्ये १२ जना स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय गरेको हो ।
मन्त्रालयले उदयकुमार गुप्ता, कुमार खड्का, घनश्याम न्यौपाने, सन्तोषकुमार तामाङ, कृष्णप्रसाद यादव, दिनेशकुमार यादव, नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भरत रेग्मी, भूपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी र राम किसुन गिरिलाई अन्तर्वार्ताका लागि छनोट गरेको छ । हेटौंडा सिमेन्ट उद्योग अढाइ महिनादेखि नेतृत्वविहीन रहेको छ।