२ मंसिर, २०८१ आइतबार

05:16:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डिप्रोक्स लघुवित्तको सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

२६ फागुन, २०७८

लघुवित्तले चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेस्टमेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

डिप्रोक्स लघुवित्तको सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौं
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटडले सेयर रजिस्ट्रार नियुक्त गरेको छ । लघुवित्तले सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।  कम्पनीको सञ्चालक समितिको बैंठकले सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्टलाई नियुक्त गर्ने निर्णय गरेको हो। लघुवित्तले  चैत ३ गतेदेखि लागू हुने गरी नबिल इन्भेस्टमेन्टलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

अब डिप्रोक्स लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणीकरण। सेयरवालहरुको लगत अद्यावधिक तथा सेयरसम्बन्धी अन्य सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्टले गर्नेछ।