२ मंसिर, २०८१ आइतबार
05:09:55 AM
२६ फागुन, २०७८
सभामा बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिने
काठमाडौं
गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । फागुन २५ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १५ औं वार्षिक साधारण सभा चैत्र १८ गते बस्ने छ । बैंकको उक्त वार्षिक साधारण सभा होटल पोखरा ग्रान्ड, बिरौटा पोखरमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । गरिमा बैंकले सहारा बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सम्पन्न गर्दाको दिनभन्दा पछाडि दोस्रो बजारबाट सेयर कारोबार भई कायम सेयरधनीहरुले प्रचलित आयकर ऐनबमोजिम बोनस सेयरबापतको कर तिर्नुपर्ने सम्बन्धित सेयरधनीहरुबाटै जम्मा गराई भुक्तानी गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
सभाले बोनश सेयर वितरणपछि कायम हुने कुल चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक सेयर कायम गर्न अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि छलफल गरी अनुमोदन गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र साधारणसभामा सहभागि हुन सक्नेछन् ।