२ मंसिर, २०८१ आइतबार

05:14:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

माओवादी निकट व्यवसायीद्धारा प्रचण्डसामु अर्थ र उर्जामन्त्रीको कडा आलोचना, अर्थतन्त्र ध्वस्त हुँदै गएको आरोप

२५ फागुन, २०७८

माओवादी निकट व्यवसायीद्धारा प्रचण्डसामु अर्थ र उर्जामन्त्रीको कडा आलोचना, अर्थतन्त्र ध्वस्त हुँदै गएको आरोप

नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,

नेकपा माओवादी केन्द्र निकट उद्योगी व्यवसायीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु अर्थ र उर्जामन्त्रीको कडा आलोचना गर्दै अर्थतन्त्र ध्वस्त हुन लागेको गुनासो गर्नुभएको छ ।

माओवादी निकट नेपाल उद्योग व्यवसायी महासंघको बुधबार केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा व्यवसायीले प्रचण्डसामु धित मर्ने गरी दुई मन्त्रीको आलोचना गर्नुभयो ।

माओवादी निकट नेपाल उद्योग व्यवसायी महासंघको बुधबार केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा व्यवसायीले प्रचण्डसामु धित मर्ने गरी दुई मन्त्रीको आलोचना गर्नुभयो ।

उहाँहरुले मन्त्री शर्माले अर्थ मन्त्रालय चलाउन नसकेको आरोप समेत लगाउनुभएको छ । यस्तै उर्जामन्त्री पम्फा भूषालले पनि उर्जामन्त्रालय चलाउन नसकेको आरोप उहाँहरुको छ । 

अध्यक्ष प्रचण्ड उनीहरुलाई सपथग्रहण गराउन बुद्धनगरस्थित उक्त कार्यक्रममा पुग्नुभएको थियो । महासंघका अध्यक्ष कृष्णप्रसाद आचार्यले अर्थमन्त्री शर्मा दलाल पुँजिपतिका सेवक बनेको बताउनुभयो । 

उहाँले मन्त्रालयबाट माओवादी निकटका व्यवसायीको काम नबन्ने तर अन्य पार्टीका व्यवसायीको काम भने एकै दिनमा बन्ने गरेको गुनासो पनि गर्नुभयो । व्यवसायीले माओवादीले लिएको उत्पादनमूखि अर्थतन्त्रका विषयमा मन्त्रीको ध्यान नगएको बताउनुभएको छ । 

पूँजिगत खर्च बढाउन नसकेको, बैँकमा तरलता अभाव बढ्दै गएकाले यस्ता महत्वपूर्ण समस्या समाधानमा मन्त्री शर्मा मौन जस्तै देखिएको उहाँहरुको भनाइ थियो ।