२४ बैशाख, २०८१ सोमबार

07:18:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

११ लाख जरिवाना तोकेपछि फरार भएका बञ्जाडे पक्राउ

Nepal Business

२५ फागुन, २०७८

११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो ।

११  लाख जरिवाना तोकेपछि फरार भएका बञ्जाडे पक्राउ

काठमाण्डौ । उच्च अदालत पाटनले रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ मङ्सिर २१ को फैसलाअनुसार चार दिन कैद र रु ११ लाख जरिवाना तोकेपछि फरार रहेका अर्घाखाँची मालारानी गाउँपालिका–२ का ४९ वर्षीय कृष्णप्रसाद बञ्जाडेलाई आज पक्राउ गरेको हो ।

अदालतको फैसलापछि फरार रहँदै आएका बञ्जाडेलाई काठमाडौँको थापागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ बन्जाडेलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको महाशाखाले जनाएको छ ।