२ मंसिर, २०८१ आइतबार
05:13:34 AM
२५ फागुन, २०७८
बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाहमा रेमिट्यान्सको योगदान महत्वपुर्ण नेपाल राष्ट्र बैंकले बताएको छ । त्यसैगरी नेपालले आयात गर्ने सेवा र वस्तुको भुक्तानी गर्न पनि रेमिट्यान्सले सहयोग पु¥याउँदै आएको छ ।
केशव आचार्य ।
काठमाण्डौं ।
नेपालीहरु वैदेशिक रोजगारीमा गई कमाएर नेपाल पठाएको पैसा रेमिट्यान्स (विप्रेषण) हो । यो वैदेशिक रोजगारीबाट सृजना हुने गर्दछ । आजभोली कतिपय देशमा आम्दानीको मुख्य स्रोतपनि रेमिट्यान्स नै बनिरहेको छ । रेमिट्यान्स नै आफ्नो देशको कुल ग्राहस्थ्य उत्पादनको सबैभन्दा ठूलो अंश रहेका देश पनि प्रशस्त रहेका छन् ।
प्राय: विकासोन्मुख तथा अतिकम विकसित मुलुकहरुको वैदशिक आम्दानीको प्रमुख स्रोत रेमिट्यान्स नै बन्न पुगेको छ । नेपालले पनि पछिल्ला दिनहरुमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेसँगै रेमिट्यान्सको आप्रवाह पनि बढ्दै गइरहेको छ ।
रेमिट्यान्स ५६ प्रतिशतभन्दा बढीको घरधुरीमा पुगेको अनुमान छ । केही महिना अगाडि सम्पन्न राष्ट्रिय जनगणनाका अनुसार विदेशमा बस्ने नेपालीको संख्या करीब २२ लाख छ ।
विभागको पछिल्लो तथ्यांक अनुसार रेमिट्यान्स ५६ प्रतिशतभन्दा बढीको घरधुरीमा पुगेको अनुमान छ । केही महिना अगाडि सम्पन्न राष्ट्रिय जनगणनाका अनुसार विदेशमा बस्ने नेपालीको संख्या करीब २२ लाख छ ।
बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाहमा रेमिट्यान्सको योगदान महत्वपुर्ण नेपाल राष्ट्र बैंकले बताएको छ । त्यसैगरी नेपालले आयात गर्ने सेवा र वस्तुको भुक्तानी गर्न पनि रेमिट्यान्सले सहयोग पु¥याउँदै आएको छ । तर कुनै पनि देशका लागि रेमिट्यान्स स्थायी आय हुन नसक्ने भएकाले सरकारले युवा वर्गलाई स्वदेशमा रोजगारी प्रदान गर्ने वातावरण र उत्साह थप्नु पर्नेमा विज्ञहरुको जोड छ ।
कतिपय अवस्थामा कुनै घरको सदस्य वैदेशिक रोजगारीमा जाँदा त्यसको लाभ सम्बद्ध परिवारले मात्र नलिएर यसबाट अन्य निकाय पनि लाभान्वित भएका छन् । वैदेशिक रोजगारीबाट आर्जित धनले घरजग्गा किन्ने वा घर बनाउने, बैंकमा निक्षेप जम्मा गर्ने, सन्तानलाई निजी शिक्षण संस्थामा अध्ययन गराउनेसम्मका काम हुने गरेको देखिन्छ । यसरी रेमिट्यान्स एकैपटक धेरै व्यक्तिको हातमा पर्दा सिंगो अर्थतन्त्र चलायमान हुन्छ ।
केहीवर्ष अगाडिदेखि विश्वमा फैलिएको कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा पनि कटौती हुन पुग्यो । वैदेशिक रोजगारीमा आएको आएको कमिबाट सरकारको आयको रुपमा प्राप्तहुने रकममा पनि कमि हुन गयो । यसले आजभोली एउटा सामान्य परिवारको चुलोदेखि देशको राष्ट्रिय ढुकुटीसम्म असर पुगिरहेको छ ।
सामान्य परिवारका लागि घट्दो रेमिट्यान्सले उपभोगमा कटौती ल्याइरहेको छ भने देशको अर्थतन्त्रको लागि वैदेशिक सञ्चितीमा कमि, बढ्दो व्यापार घाटा र बजेटरी खर्चमा कटौती ल्याउँदछ ।
कहाँ खर्च भैरहेको छ अर्बौं रेमिट्यान्स ?
वैदेशिक रोजगारीबाट प्राप्त हुने अर्बौं रेमिट्यान्स राष्ट्रको कुल ग्रहास्थ्य उत्पादनको प्रमुख आम्दानीको स्रोत बनिरहेको छ । यो राष्ट्रका लागि स्थायी आम्दानी भने होइन । तर पनि नेपालको कुल ग्रहास्थ्य उत्पादनमा यसको योगदान सबैभन्दा ठूलो रहेको छ । नेपालको अर्थतन्त्रको ठुलो अंश कृषिमा निर्भर रहँदै आएको थियो ।
पछिल्ला दिनमा कृषिको योगदानलाई उछिन्दै रेमिट्यान्सले यस क्षेत्रलाई ओगटी रहेको छ । प्राप्त रेमिट्यान्सले उत्पादनको बाटो लिन नसक्दा उत्पादनको क्षेत्रमा यसको योगदान बालुवामा पानी खन्याए सरह बनेको छ ।
नेपालमा आउने कुल रेमिट्यान्स मध्ये ७८.०९ प्रतिशत दैनिक जीवनयापनमा खर्च हुने गरेको छ । यो रेमिट्यान्सको सबैभन्दा ठूलो अंश खर्च हुने क्षेत्र हो । त्यसैगरी ऋण तिर्न ७.८ प्रतिशत खर्च हुने गरेको छ । घरायसी समान खरिदमा ४.५ प्रतिशत, शिक्षामा ३.५ प्रतिशत, पूँजी निर्माणमा २.५ प्रतिशत, बचतमा ०.६ प्रतिशत र व्यवसायमा ०.५ प्रतिशत खर्च हुने गरेको छ ।
स्वदेशमा आम्दानीको अर्को विकल्प नहुँदै रेमिट्यान्समा कमी आउँदा त्यसको असर परिवारको चुल्होदेखि, सञ्चालित वित्तीय संस्था, विद्यालयदेखि सिंगो अर्थतन्त्रमा पर्ने देखिन्छ । रेमिट्यान्समा गिरावट आउँदा गरीबी बढ्ने, राजस्व घट्ने र सर्वसाधारणको गुणस्तरीय जीवनमा ह्रास आउने देखिन्छ ।
पछिल्लो ६ वर्षयता देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को औसत २५ प्रतिशत हाराहारी रेमिट्यान्स भित्रिने गरेको छ । आर्थिक वर्ष २०७२÷७३ मा त विप्रेषण जीडीपीको २९.६ प्रतिशतसम्म पुगेको थियो ।
नेपालमा आउने कुल रेमिट्यान्स मध्ये ७८.०९ प्रतिशत दैनिक जीवनयापनमा खर्च हुने गरेको छ । यो रेमिट्यान्सको सबैभन्दा ठूलो अंश खर्च हुने क्षेत्र हो । त्यसैगरी ऋण तिर्न ७.८ प्रतिशत खर्च हुने गरेको छ । घरायसी समान खरिदमा ४.५ प्रतिशत, शिक्षामा ३.५ प्रतिशत, पूँजी निर्माणमा २.५ प्रतिशत, बचतमा ०.६ प्रतिशत र व्यवसायमा ०.५ प्रतिशत खर्च हुने गरेको छ ।
जुन अनुपातमा नेपालले विप्रेषण प्राप्त गर्दै आयो सोही अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्दा उत्पादनमा यसको प्रभाव देखिएन । सरकार यसको व्यवस्थापन प्रति संवेदनशील बन्न नसक्दा यसले उत्पादनमा जति भुमिका खेल्न सक्थ्यो त्यो भएन । विदेशिएकाले पनि यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा ध्यान नदिदा वर्षौ विदेशिएर आर्जन गरेको कमाई उत्पादनहीन बन्दै गइरहेको छ ।
वैदेशिक रोजगारीबाट केवल विदेशिएकाको परिवारको उपभोगमा परिवर्तन आयो, केही शिक्षा र स्वास्थ्यको स्तरका परिवर्तन देखा प¥यो ।
कोभिडसँगै थलिएको अर्थतन्त्रका लागि रेमिट्यान्स एउटा टेको थियो । वर्तमान समयमा बढ्दै गएको नयाँ प्रविधि, यसको व्यवस्थापन र विदेशिएका नेपालीहरुको सेवा तथा सुरक्षामा सरकारले ध्यान नदिदा निरन्तर आइरहेको रेमिट्यान्समा ब्रेक लाग्दै गइरहेको छ । देशमा भित्रिनु पर्ने रेमिट्यान्स हुण्डीमार्फत भित्रिन थाल्यो, क्रिप्टोकरेन्सी तर्फ लगानी मोडिन थाल्यो ।
सरकारले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र क्रिप्टोकरेन्सीलाई बजारको माग अनुरुप सुरक्षित ढंगबाट व्यवस्थापन गर्दा वर्तमान समस्याबाट अर्थतन्त्रले उन्मुक्ति पाउन सक्नेछ ।