४ जेठ, २०८१ शुक्रबार

09:04:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

२५ फागुन, २०७८

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

काठमाडौं
नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न भएको हो । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा १ महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ। यस्तै मेरो स्कुलको ३ महिनाको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निःशुल्क सब्क्रिब्सन गर्न सकिनेछ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।