२ मंसिर, २०८१ आइतबार

05:18:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

२५ फागुन, २०७८

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

नेष्डो समृद्ध लघुवित्तको सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाँई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत हुनेछ ।