७ मंसिर, २०८१ शुक्रबार

09:40:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न प्राइम बैंकले पायो अनुमति

२५ फागुन, २०७८

प्राइम बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जनाएको छ ।

२ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न प्राइम बैंकले पायो अनुमति

काठमाडौं
नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र जारी गर्न प्राइम कमर्सियल बैंकले अनुमति पाएको छ । बैकले बोर्डबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति पाएको हो ।  बैंकले जारी गर्ने कुल ऋणपत्रमध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि र बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने उक्त ऋणपत्रको १० वर्ष अवधि रहेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदर दिने छ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ लिमिटेड रहेको छ ।