९ मंसिर, २०८१ आइतबार
04:40:35 PM
२५ फागुन, २०७८
नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा र सिंगारपुर तथा थाइल्याण्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको बैंकले बताएको छ ।
काठमाडौं
नारी दिवसको अवसर पारेर सनराइज बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु दिने निर्णय गरेको छ । नारी बचत खाता खोल्ने तथा खाता खोलेका महिला बचतकर्ताहरुलाई बैंकले प्रसूति हुँदा १० हजार रुपियाँ प्रसूति खर्च दिने निर्णय गरेको छ ।
साथै, बैंकले नारी बचत खातामा घातक रोगमा ५ लाख रुपियाँसम्मको उपचार खर्च, ५ लाख रुपियाँसम्मको दुर्घटना बीमा, अस्पतालमा उपचार गर्दा २० हजार रुपियाँसम्मको ओपीडी खर्च, अस्पताल भर्ना भएर उपचार गर्दा ८० हजार रुपियाँसम्म उपचार खर्च दिने बैंकले जनाएको छ ।
महिलाहरुलाई बैंकमा खाता खोल्न र बचत गराउन प्रोत्साहित गर्ने उद्देश्यले आफूहरुले फरक खालको योजना ल्याएको बताउँदै सनराइज बैंकले यसबाट महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन र उनीहरुलाई सशक्तिकरण गर्न सहयोग पुग्ने आशा लिएको छ ।
नेपालको अस्पतालहरुबाहेक भारतका ७० वटा अस्पतालमा उपचार गर्दा र सिंगारपुर तथा थाइल्याण्डका अस्पतालमा उपचार गर्दाको खर्च दिने तयारी भइरहेको बैंकले जनाएको छ ।