२ मंसिर, २०८१ आइतबार

05:11:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१ रुपैयाँको नयाँ सिक्का प्रचलनमा

२५ फागुन, २०७८

बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको रुपैयाँ १ दरको सिक्का आज (बुधबार) देखि चलनचल्तीमा ल्याएको हो ।

१ रुपैयाँको नयाँ सिक्का प्रचलनमा


काठमाडौं
नेपाल राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का आज (बुधबार) देखि बजारमा प्रचलनमा ल्याउको छ । बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको रुपैयाँ १ दरको सिक्का आज (बुधबार) देखि चलनचल्तीमा ल्याएको हो ।

सिक्काको वृताकार घेराभित्र चौसठ्ठीवटा थोप्लाहरु रहेको, यसकै घेराभित्र हिमाल, पहाड र तराई सहितको सात प्रदेशको नक्सा, सिक्काको माथिल्लो भागमा अंग्रेजी र तल्लो भागमा देवनागरिक लिपिमा रु १ लेखिएको, नेपालको नक्सा र फरक क्षमता भएकाले पहिचान गर्न सक्ने मोटो थोप्ला राखिएको छ ।

त्यस्तै, सिक्कामा आठ थोप्लासहितको वृताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, संख पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति, सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।