६ जेठ, २०८१ आइतबार

07:28:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसै त वेरोजगारी, त्यहीमाथि ठगिएपछि.... (यी हुन् ठगीका ९ आरोपी)

२४ फागुन, २०७८

उक्त सूचनाबाट मानिस जागिरका लागि सम्पर्कमा आएपछि रु ३०० देखि रु ५०० सम्म शुुल्क लिन्छन् । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेका छन्

यसै त वेरोजगारी, त्यहीमाथि ठगिएपछि.... (यी हुन् ठगीका ९ आरोपी)

नेपाल विजनेश समाचारदाता,

काठमाडौँ,

तपाई जागिरको खोजीमा हुनुहुन्छ ? कुनै जब सेन्टरमा गएर जागिरका लागि निवेदन दिनुभएको छ ? यदी त्यस्तो हो भने विचार पुर्याउनुहोला ।

किन की तपाईँ ठगिन पनि सक्नुहुन्छ । काठमाडौँ उपत्यकामा अहिले जब सेन्टर खोलेर ठगी गर्ने समुह छ्यास्छ्यास्ती छन् । वैधानिक हो की होइन, उनीहरुको काम राम्रो हो की होइन भनेर यकिन गरेपछि मात्रै उनीहरुसँग विश्वास गर्नुपर्ने हुन्छ । 

उक्त सूचनाबाट मानिस जागिरका लागि सम्पर्कमा आएपछि रु ३०० देखि रु ५०० सम्म शुुल्क लिन्छन् ।  उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेका छन्

अहिले यस्तै घटना बाहिर आएको छ । उपत्यका का विभिन्न ठाउँमा  ‘जब सेन्टर’ खोलेर ठगी भएका घटना सार्वजनिक भएको छ । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गर्ने गरेका महानगरीय अपराध मशाखाकाले जनाएको छ । 

उनीहरु सूचनामा घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गर्छुन् । उक्त सूचनाबाट मानिस जागिरका लागि सम्पर्कमा आएपछि रु ३०० देखि रु ५०० सम्म शुुल्क लिन्छन् ।  उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर रु एक हजारदेखि छ हजारसम्म असुल्ने गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ ।

उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।

विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ ।

महाशाखाबाट परिचालित टोलीले काठमाडौँको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि नौ जनालाई पक्राउ पनि गरेको छ ।

यी हुन् ठगीका आरोपी 

उक्त घटनामा प्रहरीले नौ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँको बानेश्वरमा सोसाइटी वेलफेयर फ्यासलिटिज म्याजेनजमेन्ट सर्भिस सञ्चालक गर्ने अर्घाखाँचीका भई अमर पाण्डे, सोही जिल्ला घर भई काठमाडौँको पेप्सिकोला बस्ने तिलकराम पाण्डे, लमजुङ दूधपोखरी घर भई काठमाडौँको तारकेश्वर बसी बालाजु दूधपोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आएका वर्ष २२ का आनन्द मरहठ्ठा र सिराहा घर भई ललितपुर बस्ने एनएन मल्टिपर्पाज प्रालिका सञ्चालक विवेक यादव रहेका छन् । 

यस्तै ओखलढुङगा घर भई काठमडौँ बस्ने एविएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक  वर्ष २८ का अश्विन राई, सिन्धुलीको फिक्कल घर भई कोटेश्वरमा सिन्धु रोजगारी सेवा सञ्चालक गर्दै आएका वर्ष २२ का घनश्याम पहाडी, चाबहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिपर्पोज प्रालि सञ्चालक सिर्जना लामिछाने, कोटेश्वरस्थित क्वीकमाण्डु एमपि प्रालिका सञ्चालक ज्ञानु न्यौपाने, सोही ठाउँमा अनमोल जब मल्टिपल प्रालि सञ्चालन गर्दै आएका रामवचनकुमार यादव पनि पक्राउ परेका छन् । 

महाशाखाले उपत्यकाका विभिन्न स्थानमा जागिर लगाइदिने प्रलोभनमा ठगी गरेको पाइएकाले रोजगारदाता कम्पनीको पृष्ठभूमि अध्ययन गर्न सर्वसाधारणमा आग्रह पनि गरेको छ । यस्ता घटना बढ्दो क्रममा रहेकाले प्रहरीले सुक्ष्म अध्ययन थालेको छ।