१ जेठ, २०८१ मंगलबार

09:30:24 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेशनल प्याब्सनमा सहमतिबाट नेतृत्व चयन

२४ फागुन, २०७८

नेशनल प्याब्सनमा सहमतिबाट नेतृत्व चयन

नेपालगञ्ज । 

नेशनल प्याब्सनको सातौं राष्ट्रिय महाधिवेशनले नेतृत्व चयनका लागि सहमति गरेको छ । बाँकेको नेपालगञ्जमा आइतबारबाट जारी सातौं राष्ट्रिय महाविधेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो ।

अध्यक्षका उम्मेदवारद्वय पाण्डव हमाल र सुवास न्यौपानेबीच सहमति भएको छ । दुवै जनाले ३ वर्षे कार्यकाल मध्ये डेढ/डेढ वर्ष संस्थाको नेतृत्व गर्ने बताउनु भएको छ ।

शुरुको पहिलो डेढ वर्ष नेशनल प्याब्सनको नेतृत्व पाण्डव हमालले गर्नु हुने र दोस्रो डेढ वर्ष सुवास न्यौपानेको नेतृत्व गर्नु हुनेछ ।  

नेशनल प्याब्सनलाई एक बनाउन र एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन भएकोे हो । उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायत अन्य पदमा पनि सर्वसम्मत भएको छ ।