२ मंसिर, २०८१ आइतबार

05:20:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एटीएम के हो ? यसले कसरी काम गर्छ ?

२४ फागुन, २०७८

एटीएममा कार्ड घुसाएर ४ अंकको पिन नम्वर थिचेपछि कार्ड रिडर डिभाइसले सम्बद्ध बैंकको सम्बद्ध खातासँग कार्डलाई कनेक्सन गरिदिन्छ ।

एटीएम  के हो ? यसले कसरी काम गर्छ ?


काठमाण्डौं

एटीएमको पुरा रुप अटोमेटेड टेलर मेसिन हो । निक्षेप कर्ताले चाहेको बखतमा तुरुन्त पैसा झिक्नका लागि विभिन्न ठाउँमा यसका मेसिन जडान गरिएका हुन्छन् । हाल नेपालमा भिसा, मास्टर, एससिटी तथा युनियन पे कार्ड बढी प्रचलनमा छन् । बैंकहरुले कार्डको सुरक्षा तथा कलरका सम्वन्धमा कार्ड कम्पनीसँग सम्झौता गरी कार्ड छपाई गर्छन् ।

केवाइसी विवरण, खाता नम्वर लगायतका विवरण बैंकले नै कार्डमा भर्ने हो । कार्डमा विवरण भरेपछि स्वीचसँग आवद्ध गराई ४ नम्वरको पिन कोड दिन्छन् । कतिपय बैंकले आफ्नै त केहीले अरुको स्वीच प्रयोग गरेका हुन्छन् ।

एटीएमको प्रयोग र यसले कसरी काम गर्छ भन्ने जिज्ञासा धेरैमा हुन्छ ।  एटीएममा कार्ड घुसाएर ४ अंकको पिन नम्वर थिचेपछि कार्ड रिडर डिभाइसले सम्बद्ध बैंकको सम्बद्ध खातासँग कार्डलाई कनेक्सन गरिदिन्छ । अर्थात खाता र कार्डबीच स्वीच कनेक्सन हुन्छ ।

जब कार्ड स्वीप गराइन्छ त्यसपछि खाताको सम्पूर्ण जानकारी क्याप्चर हुन्छ । खाताको विवरण क्याप्चर भइसकेपछि मेसिनले आवश्यक कुरा सोध्छ, जस्तै फास्ट क्यास, क्यास विथड्र, ब्यालेन्स इन्क्वायरी, पासवर्ड चेन्ज आदि । खाता क्याप्चर भइसकेकाले अब ब्यालेन्स इन्क्वायरी थिच्दा खाताको रकम देखाइदिन्छ।

मौज्दातभन्दा बढी रकम झिक्न खोजे अस्वीकार हुन्छ । निश्चित रकम झिकेपछि खाताबाट पनि रकम कटौती हुन्छ । स्पिकर, डिस्प्ले स्कृन, रिसिप्ट प्रिन्टर र क्यास डिस्पन्सर एटीएमका आउट–पुट डिभाइस हुन्। प्रोसेसिङका क्रममा स्पिकरले आवाज प्रदान गर्छ । डिस्प्लेले स्कृनमा आवश्यक सूचनाहरु हेरेर भनेअनुरुप बटन थिच्न सघाउ पुग्छ ।

रिसिप्ट प्रिन्टरले सानो पेपर प्रिन्ट गरेर दिन्छ जुन पेपरमा झिकिएको रकम वा मौज्दात सम्वन्धमा जानकारी हुन्छ ।  यसैगरी यसको क्यास डिस्पन्सरले मागेजति क्यास छोड्ने काम गर्छ ।