२ मंसिर, २०८१ आइतबार
05:03:31 AM
२४ फागुन, २०७८
काठमाण्डौं
नेपाल राष्ट्र बैंकले एक रुपैयाँका नयाँ सिक्का बुधबारदेखि बजारमा ल्याउने भएको छ । बैंकले साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको रुपैयाँ १ दरको सिक्का मिति २०७८।११।२५ देखि चलनचल्तीमा ल्याउन लागेको हो ।
राष्ट्र बैंकले आम नागरिकको जानकारीका लागि निम्न विशेषता सहितको रु १ दरको सिक्का बजार ल्याउन लागेको सूचना प्रकाशित गरिएको छ ।
सिक्काको पहिलो भागमाः सिक्काको वृताकार घेराभित्र चौसठ्ठीवटा थोप्लाहरु रहेको, यसकै घेराभित्र हिमाल, पहाड र तराई सहितको सात प्रदेशको नक्सा, सिक्काको माथिल्लो भागमा अंग्रेजी र तल्लो भागमा देवनागरिक लिपिमा रु १ लेखिएको, नेपालको नक्सा र फरक क्षमता भएकाले पहिचान गर्न सक्ने मोटो थोप्ला राखिएको छ ।
सिक्काको पृष्ठ भागमाः आठ थोप्लासहितको वृताकार चित्र भित्रको वर्गाकार आकृतिलाई वरिपरी चन्द्र, सूर्य, संख पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति, सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।