२ मंसिर, २०८१ आइतबार
07:38:08 AM
२३ फागुन, २०७८
बैंकले १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।
काठमाडौं
माछापुच्छ्रे बैंकले थप नयाँ शाखा खोलेको छ । बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६४ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२१ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० वटा एटीएमहरु संचालनमा रहेका छन् ।