२ मंसिर, २०८१ आइतबार
07:15:33 AM
२३ फागुन, २०७८
बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.२६ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौं
बैंकहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत फागुन २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । फागुन १९ गते बैंकहरूको निक्षेप ४३ खर्ब १७ अर्ब रूपैयाँ रहेको थियो । फागुन २० गतेसम्म कुल निक्षेप पनि ७ अर्बले बढेर ४८ खर्ब ९० अर्ब पुगेको छ ।
फागुन २० गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ । गत फागुन १९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा फागुन २० गतेसम्म घटेर ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी भने यो दिन २ अर्ब रुपैयाँ घटेको छ ।
गत फागुन १९ गते कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा फागुन २० मा घटेर ४१ खर्ब ६६ अर्ब रुपैयाँमा झरेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशतबाट घटेर ९०.२६ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ । फागुन २० गतेसम्म अन्तरबैंक ब्याजदर भने ६.९९ प्रतिशत रहेको छ।