२ मंसिर, २०८१ आइतबार
07:10:19 AM
२३ फागुन, २०७८
राष्ट्र बैंकले आज (फागुन २३ गते सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन र ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
काठमाडौं
नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज (फागुन २३ गते सोमबार) दिउँसो ३ बजे अनलाइनका माध्यमबाट ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन र ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल चैत्र २२ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल जेठ २४ गते परिपक्क हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।