२ मंसिर, २०८१ आइतबार

07:42:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले घट्यो, सीडि रेसियो ९०.३९ प्रतिशत

२२ फागुन, २०७८

वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले घट्यो, सीडि रेसियो ९०.३९ प्रतिशत

काठमाण्डौं

वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ । बैंकहरूको कर्जा लगानी केही स्थिर रहन पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी स्थिर रहेको हो ।

फागुन १९ गते, बिहीबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूको निक्षेप १ अर्बले घटेको हो । फागुन १६ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । 

बैंकहरूको निक्षेप घट्दा सीडी रेसियो बढेको छ । फागुन १६ गते औसतमा ९०.३६ प्रतिशत रहेको सीडी रेसियो फागुन १८ गतेसम्ममा बढेर ९०.३९ प्रतिशत पुगको छ।